सिद्धार्थ बैंङ्क, लुम्बिनी विकास बैंङ्क, सांग्रिला डेभलपमेन्ट बैंङ्क, सिन्धु विकास बैंङ्क, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सुचिकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । आधा दर्जन कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । सिद्धार्थ बैंङ्क, लुम्बिनी विकास बैंङ्क, सांग्रिला डेभलपमेन्ट बैंङ्क, सिन्धु विकास बैंङ्क, आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड २ लाख ३५ हजार ९१० कित्ता सुचिकृत भएको नेप्सेले जनाएको छ ।
सबैभन्दा बढी आईएमई जनरल र कम समता माइक्रोफाइनान्सको सुचिकृत भएको छ । सिद्धार्थ बैंङ्कको ४२ लाख ३२ हजार १९२, लुम्बिनी विकासको ३ लाख ६२ हजार ४३६, सांग्रिला डेभलपमेन्टको १० लाख २ हजार ५५४, सिन्धु विकासको २ लाख ८० हजार ८०८, आईएमई जनरलको ४३ लाख २० हजार र समता माइक्रोफाइनान्सको ३७ हजार ९२० कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।
सिद्धार्थ, सांग्रिला, सिन्धु र समताको बोनस सेयर, आईएमई जनरल र लुम्बिनी विकासको हकप्रद सेयर सुचिकृत भएको हो । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंङ्कले सेयरधनीलाई बोनस सेयर र पुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेका हुन ।