कम्पनीले १४ करोड ,८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ खुलाएकोमा आईतबारसम्म ५१ हजार ३१६ आवेदकबाट ३७ करोड ३५ लाख २९ हजार रुपैयाँका लागि आवेदन परेको कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित हििमालय उर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा ३ गुणा आवेदन परेको छ ।
कम्पनीले १४ करोड ,८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ खुलाएकोमा आईतबारसम्म ५१ हजार ३१६ आवेदकबाट ३७ करोड ३५ लाख २९ हजार रुपैयाँका लागि आवेदन परेको कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए ।
कम्पनीले चैत्र २० गते बाट आईपीओ निष्काशन गरेको हो । अहिले बजारमा आएका जलविद्युत् कम्पनीको सेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिता जनाएको दुलालको भनाई छ ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाट।को उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति गरी कुल १९ मेगावाट रहेको छ ।
दुबै आयोजना बनाउन करिव ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिव १६ करोड ५६ लाख रुपैयाँ मात्र रहेको छ । दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने दुलालले बताए ।