निगमको जापान उडान असार दोस्रो साताबाट, साताका तीन फ्लाइट

निगमले साताको तीन दिन ओसाका विमानस्थलमा उडान गर्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको जनाएको छ । निगमले साताको मङ्गलबार, बिहीबार र शनिवार उडान गर्नेछ ।

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले जापानमा उडान गर्ने भएको छ । जापान उडानका लागि आवश्यक सम्पूर्ण कागजपत्र त्यहाँको उड्डयन प्राधिकरणलाई सोमबार पठाइएको निगम स्रोतले जानकारी दिएको छ । जापानले निगमलाई अपरेटिङ परमिट दिएलगत्तै उडान सुरु गर्ने बताइएको छ ।

निगमले साताको तीन दिन ओसाका विमानस्थलमा उडान गर्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको जनाएको छ । निगमले साताको मङ्गलबार, बिहीबार र शनिवार उडान गर्नेछ ।

यसअघि पटकपटक समय सार्दै आएको निगमको यो पटक भने उडान निश्चित भएको बताइएको छ । गत असार र साउनमा भित्र्याएका दुई ओटा वाइडबडी जहाजले नयाँ गन्तव्यमा उडान नगरेको भन्दै आलोचना भइरहेको बेला जहाज आएको १ वर्षपछि जापानमा उडान गर्न लागेको हो । जापानपछि निगमले चीनमा उडान गर्ने तयारी छ ।

यी पनि पढ्नुहाेस्

‘ग्राउण्ड ह्याण्डलिङ’ को एजेन्ट नपाएपछि वायुसेवा निगमको जापान उडान अन्यौलमा

नेपाल एयरलाइन्सलाई जापानले एक वर्षसम्म एयरपोर्ट शुल्क नलिने