पर्यटन प्रवर्द्धनका लागि हाफ म्याराथुन

सोलुखुम्बु जिल्लाको लिखु पिके १ मा रहेको पिके डाँडाबाट ओखलढुङ्गाको खिजी फलाटेसम्म पर्यटन विकास समितिको आयोजनामा शनिबार २१ किलोमिटरको हाफ म्याराथुन प्रतियोगिता भएको हो ।

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि ४ हजार ७० मिटरको उचाइमा हाफ म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । सोलुखुम्बु जिल्लाको लिखु पिके १ मा रहेको पिके डाँडाबाट ओखलढुङ्गाको खिजी फलाटेसम्म पर्यटन विकास समितिको आयोजनामा शनिबार २१ किलोमिटरको हाफ म्याराथुन प्रतियोगिता भएको हो ।

ट्रेकिङका लागि नयाँ गन्तव्य पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथुनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)ले फार्म ट्रिप आयोजना गरेको छ ।

पिके डाँडा सोलुखुम्बु जिल्लाको तल्लो भेगअन्तर्गत पर्ने सबैभन्दा अग्लो डाँडा हो भने यहाँबाट पूर्वमा कञ्चनजंगादेखि पश्चिममा धौलागिरिसम्मका हिमशृङ्खलाहरु देख्न सकिन्छ ।

काठमाडौंबाट रामेछाप जिल्लाको बाम्ती भण्डारबाट सोलुखुम्बु जिल्लाको फाप्लु, केरुङ र ओखलढुङ्गा जिल्लाको खिजी फलाटेबाट ट्रेकिङमा जाँदा ६ देखि १० दिनसम्म लाग्ने गर्दछ ।