सबैको लघुवित्तले आईपीओ निष्कासन गर्दै

संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन गर्नका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने छ ।

निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपाल लिमिटेडले संस्थालाई आईपीओ ग्रेड ४ को प्रमाणपत्र दिएको छ ।