१४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गरेको सोमबारसम्म ७२ हजार आवेदकहरुले ५१ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको ५१ लाख ३७ हजार ५५५ कित्तालाई आवेदन दिएको कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको साधारण सेयर (आईपीओ) मा माग भन्दा ४ गुणा बढी आवेदन परेको छ ।
१४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गरेको सोमबारसम्म ७२ हजार आवेदकहरुले ५१ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको ५१ लाख ३७ हजार ५५५ कित्तालाई आवेदन दिएको कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए । उनले सोमबार बैंङ्किङ समयपछि आईपीओ निष्कासन बन्द गरेको जानकारी दिए ।
अहिले बजारमा आएका जलविद्युत् कम्पनी मध्ये प्रतिमेगावाट लागत कम भएका कारणले लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले माग भएभन्दा ४ गुणा बढी आवेदन परेको दुलालको भनाई छ । उनका अनुसार प्रति मेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ मात्र छ ।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्तिबाट १९ मेगावाट बिजुली उत्पादन गर्ने छ । आयोजना निर्माण गर्न ३ अर्ब १५ करोड खर्च हुने छ । दुवै आयोजना असारमा सम्पन्न हुने उनले जानकारी दिए ।