१६ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सुचिसहित)

आरएसडी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७५ हजार ९२०, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ लाख ६३३ र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख २६ हजार ७२७ कित्ता रहेको नेप्सेले जनाएको छ ।

काठमाडौं । विभिन्न ३ कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । नेप्सेले मंगलबार दुई लघुवित्त र एक जलविद्युत कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सुचिकृत गरेको जानकारी दिएको छ ।

आरएसडी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७५ हजार ९२०, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ लाख ६३३ र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख २६ हजार ७२७ कित्ता रहेको नेप्सेले जनाएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस दिएपछि कारोबारका लागि सुचिकृत गरिएको हो । पुँजी बढाउन कम्पनीहरुले लगानीकर्तालाई बोनस सेयर दिदै आएका छन् ।