धितोपत्र बजार मूल्यलाई प्रभावित पार्ने सूचना तत्काल उपलब्ध गराउनु पर्नेमा सोको उलंघन गरेको ठहर गर्दे स्पष्टिकरण सोधिएको नेप्सेले स्पष्टपारेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंङ्कले लाभांशको विवरण दिन ढिलाइ गरी सेयर बजार मूल्य प्रभावित पारेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सुचिकरण स्थगन गरी स्पष्टिकरण सोधेको छ ।
धितोपत्र बजार मूल्यलाई प्रभावित पार्ने सूचना तत्काल उपलब्ध गराउनु पर्नेमा सोको उलंघन गरेको ठहर गर्दे स्पष्टिकरण सोधिएको नेप्सेले स्पष्टपारेको छ ।
पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन नेप्सेले बैंङकलाई भनेको छ । बैंङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरी ९.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंङ्कको गत आइतबार बसेको सञ्चालक समिति बैठकले १.५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र ८ प्रतिशत अर्थात २० करोड रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।