प्रदेश नम्बर ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकामा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्याल्जेन पिकमा चैत्र १५ गतेबाट आरोहण गरेका थिए । उनीहरुमध्ये केही बीचबाटोबाटै फर्किएका थिए ।
काठमाडौं । जुगल हिमालमा पहिलो पटक मानव पाइला परेको छ । जहिलो पटक हिमाल आरोहण गर्नेमा माया गुरुङ, शर्मिला थापा, तुलसी गुरुङ र मिलन लामा छन् । उनीहरु मङ्गलबार ५ बजेर २० मिनेटमा हिमालको सफल आरोहण गरेको जनाइएको छ ।
प्रदेश नम्बर ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकामा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्याल्जेन पिकमा चैत्र १५ गतेबाट आरोहण गरेका थिए । उनीहरुमध्ये केही बीचबाटोबाटै फर्किएका थिए ।
काठमाडौंबाट सबैभन्दा नजिक १ सय ४५ किमि दुरीमा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्लाल्जेन पिक २२ दिनमा आरोहण गरी फर्कन सक्ने छन् । सन् १९३० मा अमेरिकन टोलीले जुगल हिमाल आरोहणको प्रयास गरेको थियो । तर, उनीहरू जुगलको पूरा उँचाइ ६ हजार पाँच सय ३५ मिटरसम्म नपुगी फर्केका थिए ।
६ हजार एक सय ५१ मिटर उँचाइसम्म पुगेका अमेरिकन आरोहीले सो हिमशृङ्खलालाई ग्याल्जेन पिक नामकरण गरिएको जुगल गाँउपलिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।