संस्थाले चुत्तापुँजीको ३२.२६ प्रतिशत अर्थात २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं । गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले चुत्तापुँजीको ३२.२६ प्रतिशत अर्थात २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले मंगलबार संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएपछि निष्कासन गर्न उसलाई बाटो खुला भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।