समाजमा केही मान्छे यस्ता पनि छन्, जो खर्च गर्न पाउँदा आफ्नो वित्तीय क्षमताको हेक्का नै राख्दैनन् । क्रेडिट कार्ड, व्यक्तिगत ऋणजस्ता उपकरणले मान्छेलाई क्षमताभन्दा बढी खर्च गर्न उक्साउन सक्छन् । यस्तो अवस्थामा मान्छेले संयम अपनाउन सक्नुपर्छ ।
तपाईं यदि बुद्धिमत्तापूर्ण तरिकाले खर्च गर्न सक्नुहुन्छ भने बचत पनि त्यही ढङ्गमा हुन जान्छ र त्यसले भविष्यमा तपाईंको ठूलो गर्जो टार्न सक्छ । खर्च भनेको तपाईंको वित्तीय योजना ‘फाइनान्सियल प्लानिङ’को एउटा महङ्खवपूर्ण हिस्सा हो । तर, कहिले र के किन्न खर्च गर्ने, कति खर्च गर्नेजस्ता कुरामा ध्यान पु¥याएर खर्च गर्नु बुद्धिमानी हुन्छ । यही कारण तपाईं यदि ध्यान पु¥याएर खर्च गर्न सक्नुहुन्छ भने थुप्रै रकम बचत हुन पुग्छ, अनावश्यक खर्चमा कटौती पनि हुन्छ । यसरी बुद्धिमत्तापूर्वक खर्च गर्नका निम्ति केही वित्तीय अनुशासनको पालना गर्नुपर्ने हुन्छ । ढङ्ग पु¥याएर खर्च गर्न सक्नेले अतिरिक्त पैसा बचाउन सक्छ । त्यस्तो रकम कुनै राम्रो क्षेत्रमा लगानी गरेर एउटा ठूलो निवृत्ति कोष नै खडा गर्न सकिन्छ । यस्तो कोषले बुढेसकालमा राम्रो मद्दत पु¥याउँछ । यसरी बचत गर्न चाहनेका लागि यहाँ केही उपायहरु सुझाउने प्रयास गरिएको छ ः
खर्च गर्नुभन्दा पहिले योजना बनाउनुहोस्
तपाईंको व्यक्तिगत फाइनान्सको प्रत्येक चरणमा प्लानिङ अत्यावश्यक छ । आफ्नो आवधिक वा अन्य नियमित खर्चबारे तपाईंले एउटा सूची तयार पार्नुपर्छ । खरिद गर्न खोजेको वस्तुको आवश्यकताअनुरुप प्राथमकिता दिनुपर्छ । नभई नहुने वस्तु त खरिद गर्नैपर्छ । भन्न खोजिएको के हो भने, सबैभन्दा महङ्खवपूर्ण वस्तुको नाम सबैभन्दा माथि नै उल्लेख गर्नुपर्छ । र, सबैभन्दा कम महङ्खवको वस्तुलाई अन्तिम अर्थात् पुछारमा लेख्नुपर्छ । तपाईंले हेक्का के राख्नुपर्छ भने, लगानीपश्चात्, इन्स्योरेन्सको प्रिमियम बुझाएपश्चात्, ऋण भुक्तान गरेपश्चात् र नियमित आवश्यक शुल्क बुझाएपश्चात् अन्य विभिन्न वस्तु खरिद गर्न तपाईंसँग कति पैसा बचेको छ त्यसमा ध्यान दिनु जरुरी हुन्छ ।
अब तपाईंसँग भएको पैसाका आधारमा तपाईंले तयार पारेको सूचीअनुरुप सबैभन्दा माथि टिपिएको वस्तु खरिद गर्न रकम छुट्याउनुहोस् । त्यसपछि दोस्रो महङ्खवको सामानलाई पैसा छुट्याउनुहोस् । यसरी सबैभन्दा महङ्खवपूर्ण वस्तुहरु खरिद गरिसकेपछि सबैभन्दा कम महत्वका अर्थात् सूचीको पुछारमा रहेको वस्तु खरिद गर्नबाट जोगिइन्छ, किनकि त्यस्तो वस्तु किन्न पैसा नै रहँदैन । तपाईंको लक्ष्य जहिले पनि कमभन्दा कम खर्चमा आवश्यक वस्तु खरिद गर्नु रहेको हुनुपर्छ । खर्च गर्नुभन्दा पहिले लगानी गर्नु बुद्धिमानी हुन्छ । खर्च गर्नुअघि बचत गर्न सक्नुपर्छ, किनकि हातमा पैसा भएपछि खर्च गर्न मन लाइहाल्छ । पैसाको स्वभावै त्यस्तो हुन्छ, हातमा धेरैबेर नटिक्ने ! यसकारण पनि खर्च गर्नुअघि लगानी गर्ने कुरा स्मरण गर्नुपर्छ । तपाईंलाई आफ्नो भावी आवश्यकताबारे राम्रो जानकारी हुनुपर्छ । हातमा पैसा पर्नासाथ सबैभन्दा पहिला त्यो पैसाले लगानीसम्बन्धी आवश्यकता पूरा गर्नुपर्छ । पहिला लगानी गरेपछि कम महङ्खवका वस्तु किन्ने मोह सेलाउन थाल्छ । त्यसपछि, त्यो पैसाले ऋण तिर्नतिर ध्यान दिनुपर्छ । र अन्त्यमा, बाँकी रहेको पैसाबाट आफूलाई मन लागेको वस्तु खरिद गर्न पनि सकिन्छ ।
बढीभन्दा बढी पैसा जोगाउनका लागि डिस्काउन्टको फाइदा, अनलाइनमा उपलब्ध वस्तुको मूल्य तुलना गरेर तथा क्रेडिट कार्ड क्यासब्याक अफरको लाभ उठाउने कोसिस गर्नुपर्छ । कुनै ठूलै वस्तु खरिद गर्नु छ भने पहिलादेखि नै पैसा बचाएर राख्ने वा कतै लगानी गर्न थाल्नुपर्छ । यसबाट तपाईंलाई आवश्यक पैसाको बोझ घटाउन मद्दत मिल्छ । त्यति मात्र होइन, पहिले नै लगानी गरिदिँदा त्यसबाट पाइने ब्याजले पनि वस्तु खरिदलाई सहज पारिदिन्छ । ब्याज आम्दानी कहिलेकाहीँ अकल्पनीय पनि हुन सक्छ । यस्तो अवस्थामा त ब्याजबाटै पनि आफूलाई आवश्यक वस्तु खरिद गर्न सकिन्छ ।
आफ्नो क्षमताभन्दा बढी खर्च नगर्नु होस्
(नेपालीमा एउटा उखान प्रचलित छ– घाँटी हेरी हाड निल्नु ।) कोही मान्छे आफ्नो वित्तीय क्षमताभन्दा बढी खर्च गर्न चाहन्छ भने ऊ ऋणको दलदलमा फस्न सक्छ । समाजमा केही मान्छे यस्ता पनि छन्, जो खर्च गर्न पाउँदा आफ्नो वित्तीय क्षमताको हेक्का नै राख्दैनन् । क्रेडिट कार्ड, व्यक्तिगत ऋणजस्ता उपकरणले मान्छेलाई क्षमताभन्दा बढी खर्च गर्न उक्साउन सक्छन् । यस्तो अवस्थामा मान्छेले संयम अपनाउन सक्नुपर्छ । कहिलेकाहीँ मान्छेहरु आफ्नो वित्तीय योजना बनाउँदा यस्तो वस्तुको सूची पनि सामेल गरिदिन्छन्, जसको आवश्यकता उतिविधि हुँदैन, तर त्यसले ऋणको भार भने बोकाइदिन्छ । (बजारमा नयाँ उत्पादनका रुपमा आएका वा फेसनमा चलेका वस्तु यस्ता वर्गमा पर्छन् ।) यस्तो परिस्थितिमा उक्त ऋण वा उधारो चुकाउन निकै कठिन हुन्छ । र, यसले जरुरी वस्तु किन्ने कामलाई अड्काइदिन पनि सक्छ । यसकारण पनि आफ्नो वित्तीय योजनाअनुरुप खर्च गर्नु बुद्धिमानी मानिन्छ । क्रेडिट कार्डको प्रयोग डिस्काउन्ट, अफर, क्यासब्याक, रिवार्ड प्वाइन्ट्स आदिजस्ता लाभकारी कार्यमा गर्नुपर्छ, नियमित रुपमा वित्तीय लाभ उठाउन होइन । यसैगरी, व्यक्तिगत ऋणको उपयोग सहायक साधनका रुपमा कुनै पनि हालतमा गर्नुहुँदैन । कुनै कारणले नियमित आम्दानी हुने समय ढिला भइदिँदा उपयोग गर्न सकिए पनि आफ्नो खर्च गर्ने बानीलाई बढावा दिनका लागि भने यसको प्रयोग गर्नुहुँदैन ।
आफ्नो बानीमा ध्यान दिनुहोस्
आफ्नो खर्च गर्ने बानी कस्तो छ भनेर बेलाबेलामा आफै मनन गर्नु जरुरी छ । अचेल यस्तो काम गरिदिने वित्तीय विशेषज्ञ पनि बजारमा पाइन्छन् । त्यस्ता विशेषज्ञद्वारा आफ्नो खर्च गर्ने बानी मूल्याङ्कन गराउने र आफूलाई सम्झाउन सके फाइदा हुन्छ । कतिपय अवस्थामा मान्छेलाई आफूभित्र विकसित हुँदै गएको खर्च गर्ने बानीबारे थाहै हुँदैन । खर्च गर्ने बानी बदलिएर आवश्यकताभन्दा बढी खर्चालु बनेको थाहै नहुन पनि सक्छ । यसकारण पनि तपाईंले आफ्नो वित्तीय योजनाको तालिकाअनुसार नै खर्च गर्नु बुद्धिमानी हुन्छ । कहिलेकाहीँ योजनामा नपरेको विषयमा पनि खर्च गर्नुपर्ने अवस्था आउन सक्छ, त्यस्तो बेलामा ‘एडजस्टमेन्ट’ गर्ने कोसिस गर्नुपर्छ, जसले भविष्यमा पैसाको गर्जो नपरोस् । आफ्नो खर्च जुटाउन सुरुदेखि नै पैसा बचाउने वा लगानी गर्ने बानी बसाल्नुपर्छ । खर्चसम्बन्धी आवश्यकता पूरा गर्न सकेसम्म ऋण वा उधारो लिनु हुँदैन ।
सेट्टी बैङ्क बजारका सीईओ हुन् ।नवभारत टाइम्सबाट अनौपचारिक अनुवाद