बालाजु कृषि उपज बजारका व्यवसायी आन्दोलित

कालीमाटी तरकारी तथा फलफुल विकास समितिले व्यवसायीलाई अत्याधिक भाडा लगाएको, सडकको अनाधिकृत कब्जा गरेको, क्षेत्रविस्तार नगरेको र फुटपाथले कारोबार गर्न समस्या भएकाले समस्या हटाउन माग गरेका छन् ।

काठमाडौं । बालाजु कृषि उपज बजारका व्यवसायीहरु आन्दोलित भएका छन् । कालीमाटी तरकारी तथा फलफुल विकास समितिले व्यवसायीलाई अत्याधिक भाडा लगाएको, सडकको अनाधिकृत कब्जा गरेको, क्षेत्रविस्तार नगरेको र फुटपाथले कारोबार गर्न समस्या भएकाले समस्या हटाउन माग गरेका छन् ।

कृषि उपज बजार क्षेत्रमा अनावश्यक रुपमा सडक कब्जा गरी फुटपाथ प्रयोग गर्न दिएको र त्यसबाट कर उठाइएको भन्दै व्यवसायीले विरोध गरेका छन् । ‘व्यवसायीलाई व्यापार गर्न भाडामा दिइएको सडकको भाडा अत्याधिक बढाइएको छ । बजार आसपासमा अनाधिकृत रुपमा फुटपाथ, ठेलागाढा राख्न दिएको छ । त्यस्बाट कर सकारले नै लिएको छ’ बालाजु कृषि उपज बजार संस्थाका अध्यक्ष रामकुमार पौडेले भने, ‘व्यवसायीले आफ्नो व्यापार राम्रोसँग कारोबार गर्न पाएनन् ।’ उनले तरकारी बजारक्षेत्रमा सरकारले अनाधिकृत रुपमा फुटपाथ पसल गर्न दिएको र बजारक्षेत्रको विस्तारमा कुनै ध्यान नदिएको व्यवसायीको आरोप छ । जस्का कारण बजारक्षेत्र तथा तरकारी बजार क्षेत्र साँघुरिदै गएकाले व्यापार गर्न निकै बाधा परेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको पौडेलले बताए ।

व्यवसायीले विभिन्न ५ बुँदे माग अघि सारेका छन् । कालीमाटी तरकारी फलफुल विकास समिति अन्र्तगत रहेको उक्त तरकारी बजार १५ बर्षदेखि सञ्चालनमा छन् । माछापोखरीदेखि बाइपास क्षेत्रको सडकपेटी आसपासमा अनाधिकृत फुटपाथ हटाउनुपर्ने र अत्यधिक भाडा पुनः मुल्यांकन नभएसम्म आन्दोलन जारी राख्ने ललितपुर तरकारी तथा फलफुल विकास समितिका अध्यक्ष कृष्ण सन्जेलले बताए ।  मंगलबार व्यवसायीले बालाजु कृषि उपज बजार विकास समितिको कार्यालयमा तालाबन्दी समेत गरेको छन् ।