चितवन बन्यो दूधमा आत्मनिर्भर, दैनिक २ लाख लिटर दूध निर्यात

दूधमा जिल्ला आत्मनिर्भर भई दैनिक रुपमा काठमाडौं लगायत अन्य जिल्लामा २ लाख लिटर दूध जाने गरेको केन्दीय दुग्ध उत्पादक सहकारी सञ्चालक सदस्य बालकृष्ण उप्रेतीले बताए ।

काठमाडौं । चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा भएको छ । दूधमा जिल्ला आत्मनिर्भर भई दैनिक रुपमा काठमाडौं लगायत अन्य जिल्लामा २ लाख लिटर दूध जाने गरेको केन्दीय दुग्ध उत्पादक सहकारी सञ्चालक सदस्य बालकृष्ण उप्रेतीले बताए ।

काभ्रेपछि दूधमा आत्मनिर्भर हुने दोस्रो चितवन भएको छ । दूधमा आत्मनिर्भर जिल्ला घोषणा कार्यक्रममा प्रदेश ३ का भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे शेर्पाले दूधसँगै माछा र तरकारीमा पनि प्रदेशलाई आत्मनिर्भर बनाउने योजना बनाइएको बताए । उनले पशुपालनलाई व्यावसायिक र कृषियोग्य जमिनलाई सामूहिकीकरण गरी बृहत् उत्पादनमा जोड दिने बताए ।

चितवनमा ६ लाख जनसङ्ख्यामध्ये झन्डै ४५ हजार किसान प्रत्यक्ष रुपमा दूध उत्पादक किसान छन् ।