प्रभु लाइफको सीईओमा नारायण पौडेल, साउनबाट कार्यभार सम्हाल्ने

बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रभु लाइफको सीइओको रुपमा नियुक्त गरेको हो । सञ्चालक समितिले निर्णय गरेर बीमा समितिलाई पठाइसकेको छ ।

काठमाडौं । राष्ट्र बैङ्कबाट ३० वर्षे सेवा अवधिका कारण बाहिरिएको ५ दिनपछि नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रभु लाइफको सीइओको रुपमा नियुक्त गरेको हो । सञ्चालक समितिले निर्णय गरेर बीमा समितिलाई पठाइसकेको छ ।

बीमा समितिले अनुमोदन गरेपछि मात्रै उनले आधिकारिक रुपमा प्रभुको सीईओको जिम्मेवारी सम्हाल्ने छन् । बीमा समितिले निर्णय गर्न कम्तिमा २१ दिन लगाउने भएकाले पौडेलले आगामी साउनबाट प्रभुको नेतृत्व लिने छन् ।

उलने २०७६ साल जेठ २५ गते नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाएका थिए ।