८२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति ?

युनियनको सबैभन्दा बढी ७५ लाख, नेपाल कम्युनिटीको ५२ हजार ६४० र स्वाभिमानको ६ लाख १८ हजार ६१० कित्ता रहेको नेप्सेले जनाएको छ ।

काठमाडौं । यो साता बैङ्क, लघुवित्त र जलविद्युत कम्पनीका गरी झण्डै ८२ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भएका छन् ।

नेप्सले नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कको बोनस, युनियन हाइड्रोपावर लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) कारोबारका लागि सूचीकृत गरेको जनाएको छ ।

युनियनको सबैभन्दा बढी ७५ लाख, नेपाल कम्युनिटीको ५२ हजार ६४० र स्वाभिमानको ६ लाख १८ हजार ६१० कित्ता रहेको नेप्सेले जनाएको छ । नेपाल कम्युनिटले पुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएको हो ।