नेपाल लाइफ पुँजीगत आधारमा सबैभन्दा ठुलो बिमा कम्पनी, चुत्तापुँजी साढे ५ अर्ब पुग्याे

कम्पनीको हालै सम्पन्न १९ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेपछि चुत्तापुँजी थप भएको हो ।

काठमाडौं । पुँजीगत आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा ठुलो बिमा कम्पनी भएको छ । बिमा समितिले जीवन बिमा व्यवसाय गर्ने कम्पनीको पुँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेपछि नेपाल लाइफले बढाएर ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीको हालै सम्पन्न १९ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेपछि चुत्तापुँजी थप भएको हो । साधारणसभाअघि कम्पनीको पुँजी ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ थियो ।

सभाले अधिकृत पुँजीलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव सभाले पारित गरेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले नगद र बोनस सेयर गरी साढे ४७ प्रतिशत लाभांश दिने प्रस्तावलाई सभाले पारित गरेको छ ।

नेपाल लाइफपछि नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । नेसनल लाइफको २ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ पुँजी छ । अन्य कम्पनीले पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सकेका छैनन ।