सन् २०१६ मा चीनले सगरमाथाको उचाई नापेर ८ हजार ८ सय ४८ दशमलब १३ मिटर रहेको दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय पर्वतारोहण सघंले भने मान्यता दिइसकेको छैन ।
काठमाडौं । छिमेकी मुलुक चीनले सगरमाथाको उचाई बढाएपछि नेपालले पनि नाप्न सुरु गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ४ जना कर्मचारीहरुको टोली सगरमाथाको उचाई नाप्नका लागि त्यसतर्फ लागेका छन् । सन् २०१६ मा चीनले सगरमाथाको उचाई नापेर ८ हजार ८ सय ४८ दशमलब १३ मिटर रहेको दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय पर्वतारोहण सघंले भने मान्यता दिइसकेको छैन ।
सगरमाथाको उचाई नाप्न प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल त्यसतर्फ लागेका हुन । उनिहरुको गाइडको रुपमा छिरिङ जाङ्बु शेर्पा र पेमाङिमा शेर्पा रहेका छन् । उचाई नाप्न जाने टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमि सुधार मन्त्री पद्यमा अर्यालले संयुक्त रुपमा विदाई गरेका छन् । उनिहरुले करिब एक महिनामा सगरमाथाको उचाई नापेर फर्कने योजना बनाएको छ ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले चीनले सगरमाथाको उचाई बढाएसँगै हिमाल आरोहण गर्नेहरु त्यसतर्फ बढी गएको बताए । चीनले यसअघि २००५ तिर पनि सगरमाथाको उचाई बढाएर ८ हजार ८ सय ४४ दशमलब ५७ मिटर उचाई रहेको निकालेको थियो । तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त उचाई भने ८ हजार ८ सय ४८ मिटर हो ।
२००८ तिर तिब्बतबाट चढ्नेहरुको सर्टिफिकेटमा ८ हजार ८ सय ४४ दशमलब ५७ लेख्ने र नेपालबाट लेख्दा ८ हजार ८ सय ४८ मिटर लेख्दा अन्तर्राष्ट्रिय पर्वतारोहण महासघ र अन्तर्राष्ट्रिय जगतले स्वीकार नगरेपछि तिब्बत जाने हिमाल आरोहीहरु सबै नेपालतर्फ आएका थिए ।