no-image

दुई वर्षको गरी कुमारीले १ अर्ब ५२ करोड २१ लाख ७८ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । कुमारीको चुत्तापुँजी ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी साढे ८ अर्ब रुपैयाँ भन्दा बढी हुने छ ।

काठमाडौं । दुई वर्षको वार्षिक साधारणसभा घोषणा गरेको दिन कुमारी बैंङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंङ्कको प्रतिकित्ता २५९ रुपैयाँमा ५ करोड ७२ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार बैंङ्कले दुई वर्षको लाभांश प्रस्ताव स्वीकृति लिन बैंशाख २६ गते १७ औं र १८ औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ मा गरेको नाफाबाट सेयरधनीलाई २१.२५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि बुधबार लगानीकर्ता झुम्मिदा कुमारीको सबैभन्दा बढी सेयर कारोबार भएको हो ।

कुमारीले आर्थिक वर्ष ०७३/०७४ मा गरेको नाफाबाट सेयरधनीलाई १२.७५ र गत आर्थिक वर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

दुई वर्षको गरी कुमारीले १ अर्ब ५२ करोड २१ लाख ७८ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । कुमारीको चुत्तापुँजी ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी साढे ८ अर्ब रुपैयाँ भन्दा बढी हुने छ । कुमारीको सेयर मूल्य पनि बढेको छ । मंगलबार प्रतिकित्ता २५४ रुपैयाँमा कारोबार भएकोमा बुधबार ५ रुपैयाँ बढेर २५९ रुपैयाँ पुगेको छ ।

कुमारीपछि एनआईसी एसिया बैंङ्कको कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ४६६ रुपैयाँमा २ करोड ९० लाख ८८ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । पछिल्लो समयमा एनआईसी एसियाको सेयर बढी कारोबार भइरहेको छ ।

मंगलबार १० अंकले घटेकोमा बुधबार ३.५२ अंकले बजार बढेको छ । बजार बढेपछि नेप्से परिसुचक १ हजार १८४ अंकमा पुगेको छ । जलविद्युत बाहेक बैंङ्किङ, वित्त, बिमा, उत्पादनमुलकको सेयर मूल्य बढेको छ । नेपाल कम्युनिट डेभलपमेन्ट बैंक र फस्र्ट माइक्रोफाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । मर्जरको हल्ला चलेपछि नेपाल कम्युनिटीको सेयर मूल्य बढेको छ ।