उनले ५० कित्ता अर्थात ५ हजार रुपैयाँको व्यवस्थाबाट १० कित्तामा झारिएको स्पष्टपारे । एक नेपाली एक हितग्राही (डिम्याट) खाता खोल्ने अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको गिरीले जानकारी दिए ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० कित्ता साधारण सेयर (आईपीओ) भर्न पाउने व्यवस्था गरेको छ । बोर्डले नयाँ निष्कासन निर्देशन जारी गरी १० कित्ता वा १ हजार रुपैयाँसम्म आईपीओ भर्न पाउने व्यवस्था गरेको हो ।
सबैलाई आईपीओमा सहभागी गराउन यस्तो व्यवस्था गरिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनले ५० कित्ता अर्थात ५ हजार रुपैयाँको व्यवस्थाबाट १० कित्तामा झारिएको स्पष्टपारे । एक नेपाली एक हितग्राही (डिम्याट) खाता खोल्ने अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको गिरीले जानकारी दिए ।
न्युनतम १० कित्तासम्म आईपीओ भर्न पाउने व्यवस्था गर्न मर्चेन्ट बैंकरलाई निर्देशन पठाइसकेको बोर्डले जनाएको छ । समावेशी व्यवस्थाले पुँजीबजारमा विद्यार्थी र साना लगानीकर्ताको पंहुच पुग्ने बोर्डको भनाई छ ।