ठूलो दुर्घटना हुनबाट जोगियो जेट एयरवेज, टेकअफ गर्ने बेला जहाजमा तेल नभएकाे थाहा पाए पाइलटले

विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रुपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए ।

काठमाडौं । काठमाडौंबाट दिल्ली उडान गर्न लागेको जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । विमान टेकअफ गर्न लाग्दा पाइलटले विमानमा तेल नै नभएको थाहा पाएपछि आकस्मिक रुपमा जहाजलाई टर्न गरेर तेल हाल्न ल्याएका थिए ।

जेट एयरवेज ठूलो दुर्घटना हुनबाट जोगिएकाे छ ।

जेट एयरवेजको ९डब्लु ०२६७ कलसाइन भएको जहाज केही समय अघि मात्र उडेको छ । विमान ३ बजेर ५० मिनेटमा उड्नुपर्ने साे विमान अङि भर्खर ५ बजेर २९ मिनेटमा उडेकाे हाे ।

पाइलट मनाेज अराेडाले उडाएकाे विमानमा १३८ यात्रु सवार छन् ।