यो साताको सुरुआतदेखि नकारात्मक रहेको नेप्से परिसूचक अन्तिम दिन बढेको हो । नेप्से परिसूचकमा सुधार आएको भएपनि कारोबार रकममा भने कमी आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको अन्तिम दिन बिहीबार ९ अङ्कले बढेको छ । बुधबार १२ अङ्कले घटेको नेप्से सूचक बिहीबार ९ अङ्कले वढेको हो ।
यो साताको सुरुआतदेखि नकारात्मक रहेको नेप्से परिसूचक अन्तिम दिन बढेको हो । नेप्से परिसूचकमा सुधार आएको भएपनि कारोबार रकममा भने कमी आएको छ ।
लामो समयसम्म १४ सयको हाराहँरीमा अडिने प्रयास गरेको नेप्से यो साता तल लागेको हो । कारोबार रकममा देखिएको गिरावटले लगानीकर्ताक्ँे मनोब्ल भने कमजोर नै देखिन्छ । बिहीबार नेप्सेमा २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको हाराहारीमा हो ।
बिहीबार कारोबार सुरु हुँदा घटेको नेप्से करिब एक घण्टापछि सुधारको गतिमा देखिएको हो । सो सुधारको क्रम कारोबार बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३८२.०२ अङ्कमा रहेको नेप्से ९.०१ अङ्कले बढेर १३९१.०३ मा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि २.०४ अङ्कले बढेको छ ।
बिहीबार बैङ्क, विकास बैङ्क तथा लघुवित्तहरुको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो । नेप्सेमा कारोबार भएका बैङ्क ६.३१, विकास बैङ्क ८.२७, अन्य समूह ७.८७, बिमा ७२.९४, होटल १३.४३ , लघुवित्त समूह ७.४५ र जलविद्युत समूह १७.०१ अङ्कले बढेका छन् । तर, व्यापार ०.०८ र वित्त समूह भने ०.१६ अङ्कले घटेका छन् । बिहीबार उत्पादनमूलक समूहको कारोबार भएपनि कुनै परिवर्तन आएन ।
बिहीबार नेप्सेमा १५२ कम्पनीको ३ हजार ३ सय ९४ कारोबारबाट २६ करोड ८५ लाख रुपैयाँ बराबरको ६ लाख ८६ हजार ४ सय ६३ कित्ता सेयर किनबेच भएको छ ।