गणपति माइक्रोफाइनान्सको आईपीओ बैशाख ९ देखि, १५०० कित्तासम्म आवेदन दिन पाइने

आईपीओ निष्कासन बन्द छिटोमा बैशाख १२ र ढिलोमा जेठ ७ गतेसम्म तोकिएको एनआईबीएलले जनाएको छ । न्युनतम १० देखि अधिकतम १ हजार ५०० कित्तासम्म आईपीओ भर्न पाइने छ ।

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बैशाख ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

५ हजार १७५ कित्ता संस्थाका कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा बैशाख १२ र ढिलोमा जेठ ७ गतेसम्म तोकिएको एनआईबीएलले जनाएको छ । न्युनतम १० देखि अधिकतम १ हजार ५०० कित्तासम्म आईपीओ भर्न पाइने छ । केयर नेपाल लिमिटेडले संस्थालाई आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।

आईपीओ निष्कासनपछि संस्थाको चुत्तापुँजी १० करोड ३५ लाख रुपैयाँ पुग्ने छ । संस्था तनहुँको दुलेगौडामा रहेको छ । आईपीओबाट संकलन हुने रकम पशुपालन तथा कृषि, खुद्रा व्यापार, सेवा, साना तथा घरेलु उद्योगमा लगानी गर्ने संस्थाले जनाएको छ ।