जारीपुँजीको ३२.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको संस्थाले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडले जनाएको छ ।
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जारीपुँजीको ३२.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको संस्थाले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडले जनाएको छ ।
न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म आईपीओ भर्न पाइने छ । निष्कासन मध्ये २ हजार ४८९ कित्ता संस्थाका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको नेपाल एसबीआईले जानकारी दिएको छ । पोखरा महानगरपालिका विन्धवासिनीमा रहेको नेपाल एग्रोको पुँजी ४ करोड ९७ लाख ७७ हजार ८०० रुपैयाँ पुग्ने छ ।