धितोपत्र बोर्डले ल्यायो नयाँ व्यवस्था, न्युनतम १० कित्तासम्म आवेदन दिन पाइने

सार्वजनिक शेयर निष्कासनमा कम्तिमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने हालको व्ववस्थालाई हटाउँदै बोर्डले न्युनतम् १० कित्ताका लागि पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक धितोपत्र (शेयर) निष्कासनमा न्युनतम् १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । सार्वजनिक शेयर निष्कासनमा कम्तिमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने हालको व्ववस्थालाई हटाउँदै बोर्डले न्युनतम् १० कित्ताका लागि पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

विद्यार्थी तथा थोरै पुँजी भएका वर्गलाई पनि पुँजी बजारको पहुँचमा ल्याउने र यसलाई समावेशी बनाउन विद्यमान व्यवस्था परिवर्तन गरिएको नेपाल धितोपत्र बार्डले जनाएको छ । धितोपत्र बोर्डको नयाँ व्यवस्थाले थोरै पुँजी भएकाहरुलाई पनि पुँजी बजारमा लगानीका लागि सहज हुने बोर्डको विश्वास छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्रसमेत गरिसकिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।