ग्लोबल आईएमईको १ करोड ४२ लाख २१ हजार ४०१, हाइड्रोइलेक्ट्रिसिटीको १ करोड, श्री इन्भेष्टमेन्टको ९८ हजार ५०० र कन्काइ विकासको १ लाख ५० हजार कित्ता सुचिकृत भएको छ ।
काठमाडौं । विभिन्न ४ ओटा कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।
नेप्सेले बिहीबार ग्लोबल आईएमई बैंङ्क, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र कन्काई विकास बैंङ्कको गरी २ करोड ४४ लाख ६९ हजार ९०१ कित्ता बोनस सेयर सुचिकृत गरेको हो ।
ग्लोबल आईएमईको १ करोड ४२ लाख २१ हजार ४०१, हाइड्रोइलेक्ट्रिसिटीको १ करोड, श्री इन्भेष्टमेन्टको ९८ हजार ५०० र कन्काइ विकासको १ लाख ५० हजार कित्ता सुचिकृत भएको छ ।
कम्पनीहरुले गरेको नाफाबाट सेयरधनीलाई दिएको बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । चुत्तापुँजी बढाउन कम्पनीले सेयरधनीलाई बोनस सेयर वितरण गरेको हो ।