जेट एयरवेज गम्भीर आर्थिक संकटमा, नेपालमा उडान कटौती

दैनिक २ देखि ३ वटा काठमाडौं दिल्ली उडान गर्दै आएको थियो । यस बिषयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भने आधिकारिक जानकारी नआएको महाप्रबन्धक राजकुमार क्षेत्री ले जानकारी दिए ।

काठमाडौं । गम्भीर आर्थिक संकटमा परेको भारतको जेट एयरवेजले नेपालमा शुक्रबारदेखि ४ दिन उडान नगर्ने भएको छ ।
विभिन्न देशमा उडान कटौती गर्दै आएको जेट एयरवेज ले नेपाल मा पनि उडान घटाउन लागेको हो ।

दैनिक २ देखि ३ वटा काठमाडौं दिल्ली उडान गर्दै आएको थियो । यस बिषयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भने आधिकारिक जानकारी नआएको महाप्रबन्धक राजकुमार क्षेत्री ले जानकारी दिए ।

पर्यटकीय सिजन सुरु भईरहेको बेला काठमाडौं दिल्ली उडान कटौति हुदा पर्यटन क्षेत्रमा ठुलो असर पर्ने पर्यटन व्यवसायी हरुको भनाइ छ । नेपाल मा सबैभन्दा बढी भारतीय पर्यटक आउने गरेका छन् ।