माउन्टेन हाइड्रोको आईपीओ नेप्सेमा सुचिकृत

नेप्सेले माउन्टेनको १ करोड २५ लाख कित्ता आईपीओ सुचिकरण गरेको जानकारी दिएको छ ।

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।
नेप्सेले माउन्टेनको १ करोड २५ लाख कित्ता आईपीओ सुचिकरण गरेको जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गरेको हो ।