जलविद्युत्, बैंङ्क, वित्तको बोनस, आईपीओ र हकप्रद गरी ३ करोड ८८ लाख ७३ हजार १८० कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । यो साता विभिन्न ९ कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भएका छन् । जलविद्युत्, बैंङ्क, वित्तको बोनस, आईपीओ र हकप्रद गरी ३ करोड ८८ लाख ७३ हजार १८० कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार ग्लोबल आर्ईएमई बैङ्क, आरएसडी लघुवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड छन् ।
यस्तै हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड, कन्काई विकास बैङ्क, माउन्टेन हाइड्रो नेपाल लिमिटेड र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् ।
माउन्टेनको आईपीओ, महुलीको हकप्रद सेयर रहेको छ । ग्लोबल आईएमईको, आरएसडीसी, रिडी, आरएमडीसी, श्री इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी र कनकाईको बोनस सेयर रहेको नेप्सेले जनाएको छ ।