रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत् कम्पनी लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छन् ।
काठमाडौं । आउँदो वैशाख ९ गतेभित्र ४ ओटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छन् ।
जलविद्युत् र लघुवित्त कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा १ अर्ब ६२ करोड ३४ लाख ९२ हजार ८०० रुपैयाँ बराबरको १ करोड ६२ लाख ३४ हजार ९२८ कित्ता आईपीओ निष्कासन गर्न जानकारी गराएका हुन् ।
रसुवागढीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता, सान्जेनले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता नेपाल एग्रो लघुवित्तले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता रगणपति माइक्रोफाइनान्सले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन निष्कासन गर्न लागेका हुन् ।
रसुवागढी र सान्जेनले बैशाख ६, नेपाल एग्रोले ८ र गणपतिले ९ गते आईपीओ निष्कासन गर्ने जानकारी गराएका छन् ।
रसुवागढीले १११ मेगावाटको रसुवागढी र सान्जेनले तल्लो र माथिल्लो सान्जेन गरी ५७ मेगावाटको दुई आयोजना निर्माण गरिरहेका छन् । यी ३ ओटै आयोजना जनताको जलविद्युतमा समावेश भएका छन् ।