नेपाल धितोपत्र बोर्डले एभरेष्टलाई ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ३०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउन साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले एभरेष्टलाई ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीको हाल २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ बराबरको २७ लाख ३९ हजार ८२५ कित्ता रहेको छ ।
हकप्रद बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९ करोड रुपैयाँ पुग्ने छ । बिमा समितिले आउँदो असारभित्र चुत्तापुँजी न्युनतम १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको बैशाख ९ गते सेयर दाखिला बन्द हुने छ ।