नाडेप लघुवित्तले ४ करोड ८० लाख बोनस सेयर बाँड्ने

बोनस सेयर वितरणपछि चुत्तापुँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्ने नाडेपले जनाएको छ ।

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने भएको हो ।

बोनस सेयर दिने प्रस्ताव पारितका लागि संस्थाले बैशाख २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने संस्थाले जनाएको छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्ने नाडेपले जनाएको छ ।