सौराहा सफारी

विशेषतः बिदा मनाउन आन्तरिक पर्यटकको भीड लाग्ने सौराहामा बाह्य पर्यटकका लागि पनि राम्रो व्यवस्था छ । सौराहामा थारु जातिका सांस्कृतिक एवम् परम्परागत नृत्यसमेत हेर्न पाइन्छ ।

वाइल्डलाइफ पर्यटनका लागि आकर्षक गन्तव्य हो— सौराहा । साहसिक पर्यटकीय गन्तव्यका रुपमा पनि यसले आफ्नै परिचय स्थापित गरेको छ ।

प्रदेश ३ को चितवनमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा सुविधासम्पन्न होटल, लज, रिसोर्ट र रेष्टुरेन्टसमेत छन् ।

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, यहाँ पाइने विभिन्न जीवजन्तु र पन्छीहरुमा आश्रित छ । यहाँको अर्को विशेषता हो— हात्ती तथा जिपको सफारी । जङ्गल सफारीका माध्यमद्वारा जङ्गली जनावर र पन्छीहरुको अवलोकन, निकुञ्जभित्र गरिने हाइकिङ, डुङ्गा सफारी यहाँका आकर्षण हुन् ।

विशेषतः बिदा मनाउन आन्तरिक पर्यटकको भीड लाग्ने सौराहामा बाह्य पर्यटकका लागि पनि राम्रो व्यवस्था छ । सौराहामा थारु जातिका सांस्कृतिक एवम् परम्परागत नृत्यसमेत हेर्न पाइन्छ ।