बजार पुँजीकरणमा एभरेष्ट बैैंङ्कले स्ट्याण्डर्ड चाटर्ड र नेपाल लाइफलाई पछि पार्यो

एभरेष्टको बजार पुँजीकरण बढेर ४८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । नेपाल लाइफको ४८ अर्ब १४ करोड र स्ट्याण्डर्ड चाटर्डको ४७ अर्ब ३४ करोड रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । एभरेष्ट बैंङ्कले बजार पुँजीकरणमा स्ट्याण्डर्ड चार्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई पछि पारेको छ । दुई साता अघिसम्म नेपाल लाइफ र स्टाण्डर्ड चाटर्ड भन्दा पछि रहेको एभरेष्टको सेयर मूल्यमा भएको वृद्धिले चौथौ स्थानमा पुगेको हो । यसअघि एभरेष्ट छैठो स्थानमा थियो । एभरेष्टको पुँजीकरण बढ्दै गएको छ ।

एभरेष्टको बजार पुँजीकरण बढेर ४८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । नेपाल लाइफको ४८ अर्ब १४ करोड र स्ट्याण्डर्ड चाटर्डको ४७ अर्ब ३४ करोड रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । नेपाल लाइफ र स्ट्याण्डर्ड चाटर्ड क्रमश पाँचौ र छैठौ स्थानमा रहेको । एभरेष्टको प्रतिकित्ता ६०० रुपैयाँमा कारोबार भएको छ । एभरेष्ट भन्दा नेपाल लाइफ २ करोड रुपैयाँले पछि छ ।

बजार पुँजीकरणका आधारमा सबैभन्दा ठुलो कम्पनी सरकार स्वामित्वको नेपाल टेलिकम रहेको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब २ अर्ब ३० करोड रुपैयाँ छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैङ्कको ६८ अर्ब ९४ करोड र तेस्रो स्थानमा नविल बैंङ्कको ६६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

पहिलो र दोस्रो स्थानमा रहेको नेपाल टेलिकम र नेपाल इन्भेष्टमेन्टको बजार पुँजीकरण अन्तर झण्डै ३५ अर्ब रुपैयाँ रहेको नेप्सेले जनाएको छ । बजार पुँजीकरणमा टेलिकम र जीवन बिमा बाहेक ८ ओटा बैंङ्क अघि रहेका छन् ।

हिमालयन बैंङ्कको ४१ अर्ब ७४ करोड, एनआईसी एसिया बैंङ्कको ४१ अर्ब ४३ करोड, नेपाल एसबीआई बैंङ्को ३४ अर्ब ८१ करोड र एनएमबी बैंङ्कको ३४ अर्ब २४ करोड रुपैयाँ छ । पछिल्लो समयमा एनएमबीको बजार पुँजीकरण बढेको छ ।

नेप्सेमा सुचिकृत कम्पनीको कुल बजार पुँजीकरण १४ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ छ । बजार बढेर माथिल्लो विन्दुमा पुग्दा बजार पुँजीकरण २२ खर्ब रुपैयाँ बढी थियो ।

यो साता सबैभन्दा बढी एनआईसी एसियाको सेयर कारोबार भएको छ । एनआईसी एसियाको २५ करोड २१ लाख, एनएमबीको १७ करोड ७२ लाख र कुमारी बैंङ्कको १५ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।