लुक्ला दुर्घटनाः मनाङ एयरको हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त, श्रीको आंशिक

मनाङ एयरको हेलिकप्टर कलाइन ९ एन एलसी पूर्णरुपमा क्षतिभएको र श्री एयरको कलसाइन ९ एन एलके आशिंक क्षति भएको विमानस्थलले जनाएको छ ।

काठमाडौं । समिट एयरको जहाजले ठक्कर दिँदा मनाङ एयरको हेलिकप्टर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । मनाङ एयरको हेलिकप्टर कलाइन ९ एन एलसी पूर्णरुपमा क्षतिभएको र श्री एयरको कलसाइन ९ एन एलके आशिंक क्षति भएको विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जारी गरेको विज्ञप्तीमा समिट एयरको ९ एन एएमएच विमान लुक्ला विमानस्थलबाट रामेछापको लागि उड्ने क्रममा धावन मार्गबाट दाहिने पट्टी मोडिई हेलिप्याडनमा रहेको हेलिकप्टरमा ठोक्किएको उल्लेख छ ।

मनाङ एयरका कर्पोरेट चीफ राजु न्यौपानेले हेलिकप्टरको क्षतिको विवरण अध्ययन गर्न प्राविधिक टोली लुक्ला तर्फ जान लागेको जानकारी दिए । उनले जहाज पूर्णरुपमा ध्वस्त भएको बताउँदै क्षतिको विवरण भने नआएको बताए ।