आइतबार बिहान लुक्लाबाट रामेछापको मन्थलीका लागि उड्न लागेको समिट एयरले २ ओटा हेलिकप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
काठमाडौं । समिट एयरको विमानले २ ओटा हेलिकप्टरलाई ठक्कर दिएपछि ३ घन्टा बन्द भएको लुक्ला एयपोर्ट सञ्चालनमा आएको छ । आइतबार बिहान लुक्लाबाट रामेछापको मन्थलीका लागि उड्न लागेको समिट एयरले २ ओटा हेलिकप्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विमानले मनाङ एयर र श्री एयरको हेलिकप्टरलाई ठक्कर दिएको हो । दुर्घटनाका विषयमा छानविन भइरहेकाले के कारणले घटना भयो भन्ने कुराको पुष्टी हुन सकेको छैन ।
दुर्घटनाको विस्तृत अध्ययनको लागि नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)को प्राविधिक टोली घटनास्थलमा पुगेको छ । पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय लुक्लामा जहाज र हेलिकप्टरको चाप बढेको थियो । विमानस्थल बन्द भएपछि लुक्ला जाने र लुक्लाबाट मन्थली, काठमाडौं आउने यात्रुहरु अलपत्रमा परेका थिए ।