संस्थाको गत पुसमा सम्पन्न छैठौं वार्षिक साधारणसभाबाट चुत्तापुँजी बढाएर ३८ करोड ९६ लाख रुपैयाँ पुर्याउनका लागि बोनस सेयर वितरण र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई अस्वीकार गरेको छ । संस्थाको गत पुसमा सम्पन्न छैठौं वार्षिक साधारणसभाबाट चुत्तापुँजी बढाएर ३८ करोड ९६ लाख रुपैयाँ पुर्याउनका लागि बोनस सेयर वितरण र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको थियो ।
केन्द्रीय बैंङ्कले बोनस सेयर वितरण गर्ने मात्र प्रस्ताव पारित गरेपछि हकप्रद निष्कासन रोकिएको संस्थाले जनाएको छ । सञ्चालक समिति बैठकले बोनस सेयर मात्र वितरण गर्ने र हकप्रद निष्कासन गर्ने प्रस्तावलाई रद्ध गरिएको जानकारी गराएको छ ।