नयाँ वर्षको सुरुआतसँगै सेयर बजारमा सुधार, ४.७ अङ्कले बढ्यो

सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ५२२ रुपैयाँमा २ करोड ७५ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । नयाँ लगानीकर्ताको प्रवेशपछि नेकोको कारोबार बढ्दै गएको छ । नेकोपछि कुमारी बैङ्कको सेयर कारोबार धेरै भएको छ ।

काठमाडौं । नयाँ वर्षको सुरुआत मै सेयर बजारमा सकारात्मक सङ्केत देखिएको छ । सोमबार सेयर बजार ४.७ अङ्कले बढेर नेप्से परिसूचक १ हजार १८८ अङ्कमा पुगेको छ । सोमबार ३० करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ५२२ रुपैयाँमा २ करोड ७५ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । नयाँ लगानीकर्ताको प्रवेशपछि नेकोको कारोबार बढ्दै गएको छ । नेकोपछि कुमारी बैङ्कको सेयर कारोबार धेरै भएको छ । प्रतिकित्ता २६३ मा १ करोड ९६ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कुमारीले दुई वर्षको साढे २१ प्रतिशत लाभांश घोषणा गरेपछि कारोबार बढी भइरहेको छ ।

बैङ्किङ, होटल, विकास बैङ्क, निर्जीवन बिमा, उत्पादन र लघुवित्तको सेयर मूल्य बढेको छ भने जलविद्युत् वित्त र जीवन बिमा समूहको मूल्य घटेको छ । आज सोमबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र साना किसान विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् ।