युनाइटेड इन्स्योरेन्सले ७२ करोड ५७ लाखको हकप्रद सेयर निष्कासन गर्ने

नियामक बिमा समितिले आउँदो असारसम्म न्युनतम पुँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि युनाइटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले चुत्तापुँजीको १२४ प्रतिशत अर्थात ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको चुत्तापुँजी ३० करोड २४ लाख रुपैयाँ मात्र छ ।

नियामक बिमा समितिले आउँदो असारसम्म न्युनतम पुँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि युनाइटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डबाट स्वीकृति पाएपछि हकप्रद निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।