निगमका सहप्रवक्ता नबराज कोइरालाले बैशाख १८ गतेदेखी काठमाडौं दिल्ली दैनिक २ उडान गर्न लागेको जानकारी दिए । निगमले काठमाडौंदेखि दिल्लीसम्म हाल वाइडबडी ३३० ले दैनिक १ ओटा उडान गर्दै आएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं दिल्ली उडान थप गर्ने भएको छ । गम्भीर आर्थिक संकटका कारण भारतीय विमान सञ्चालक जेट एयरवेज लिमिटेडले काठमाडौं दिल्ली उडान बन्द गरेपछि निगमले आफ्ना दुई उडान थप गर्न लागेको हो । दैनिक ३ देखी ४ ओटा उडान गर्दै आएको जेट एयरवेजले गत शुक्रबारबाट उडान बन्द गरेपछि यसको फाइदा निगमले लिन लागेको हो । निगमका सहप्रवक्ता नबराज कोइरालाले बैशाख १८ गतेदेखी काठमाडौं दिल्ली दैनिक २ उडान गर्न लागेको जानकारी दिए । निगमले काठमाडौंदेखि दिल्लीसम्म हाल वाइडबडी ३३० ले दैनिक १ ओटा उडान गर्दै आएको छ ।
उनले दिल्ली जाने र काठमाडौं आउने पर्यटकहरु सँगै नेपाली विरामीहरुलाई मध्यनजर गरी उडान थप गर्न लागिएको बताए । एनएसीमा यात्रा गर्ने अधिकाशं यात्रुहरु विरामी भएर चेक अप गर्ने जानेहरु बढी हुने गरेका छन् । अन्य विमान कम्पनीको काठमाडौं दिल्ली एकतर्फी भाडादर विजनेश क्लासको ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म रहेको छ । नेपाल वायुसेवाको २८ हजारसम्म रहेको छ । यस्तै सामान्य सिटको नेपाल वायुसेवाले ८ देखी १० हजार रुपैयासम्म लिने गरेका छन् ।
भ्रमण बर्ष २०२० नजिकिरहेको बेला निगमले दिल्लीमा उडान थप गर्न लागेकोप्रति पर्यटन व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले राष्ट्रिय ध्वजाबाहक जहाजले दिल्लीमा उडान थप गर्नु खुशीको खवर भएको बताए । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाटै आउने भएकोले निगमको जहाज सञ्चालन हुँदा धेरै सहज हुने बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
निगमको जहाजको भाडादर अन्य एयरलाइन्स भन्दा धेरै संस्तो हुने भएकोले अधिकांशको रोजाइमा पर्ने गरेको छ । अहिले निगमका जहाका टिकटहरु लामो समयसम्मका लागि विभिन्न ट्राभल एजेन्सीहरुले बुकिङ गरिसकेका छन् ।