सिभिल बैंङ्कले सेयरधनीलाई १०३ करोड लाभांश बाँड्ने, बैंशाख २७ गते २ वर्षको साधारणसभा हुँदै

दुई वर्षमा गरेको नाफाबाट सेयरधनीलाइ १४.१५ प्रतिशत लाभांश वितरण गर्ने बैंङ्कले जानकारी दिएको छ ।

काठमाडौं । सिभिल बैंङ्कले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक गर्ने भएको छ । बैंङ्कले आर्थिक वर्ष ०७३/०७४ र ०७४/०७५ को वार्षिक साधारणसभा वैशाख २७ गते गर्ने भएको छ ।

बैंङ्कले दुई वर्षको नाफावापत नगद लाभांश र बोनस सेयर गरी सेयरधनीलाई १ अर्ब ३ करोड ८० लाख ८१ हजार ३८१ रुपैयाँ बाँड्ने भएको छ । साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंङ्कले जनाएको छ ।

बैंङ्कले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशतका दरले २९ करोड ४० लाख रुपैयाँ नगद लाभाँश र अघिल्लो वर्षको नाफाबाट १०.२५ प्रतिशतका दरले ७४ करोड ४० लाख ७९ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।

दुई वर्षमा गरेको नाफाबाट सेयरधनीलाइ १४.१५ प्रतिशत लाभांश वितरण गर्ने बैंङ्कले जानकारी दिएको छ । सभाले संस्थापकतर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने सिभिलले जनाएको छ ।