आर्थिक सङ्कटमा फसेर आफ्ना अन्तर्राष्ट्रिय उडानलाई सस्पेन्ड गरी सात ओटा फ्लाइटमा सीमित एयरवेजको उद्धारका लागि कम्पनीले सेयर बिक्रीमा रखेका ऋणदाताहरुलाई बोलपत्र आह्वान गरेको थियो ।
एजेन्सी । भारतीय जेट एयरका संस्थापक नरेश गोयलको एयरवेजको बोर्डमा बोलपत्र प्रस्ताव गरेर फर्किने रणनीति तुहिएको छ । संकटग्रस्त एयरवेजका साझेदार इतिहाद एयरवेज र टीपीजी क्यापिटलले गोयल एयरवेजको पुनः हिस्सा बने आफूहरु कम्पनीमा नरहने धम्की दिएपछि गोयलले बोलपत्र फिर्ता लिएका हुन् ।
आर्थिक सङ्कटमा फसेर आफ्ना अन्तर्राष्ट्रिय उडानलाई सस्पेन्ड गरी सात ओटा फ्लाइटमा सीमित एयरवेजको उद्धारका लागि कम्पनीले सेयर बिक्रीमा रखेका ऋणदाताहरुलाई बोलपत्र आह्वान गरेको थियो ।
तर हालै मात्र अध्यक्ष तथा निर्देशक पदबाट राजीनामा दिएका गोयलले आफ्नो कम्पनी सेल्स एजेन्सी जेटएयर र डिलावेर आधारित कम्पनी फ्युचर ट्रेन्ड क्यापिटल र लन्डन आधारित कम्पनी अदिसँग साझेदारीमा बोलपत्र प्रस्ताव गरेका थिए ।
यसैबीच कुनै पनि एयरलाइन ऋणदाताबाट आर्थिक सहयोग नजुटेपछि जेट व्यवस्थापनले आफ्ना सम्पूर्ण उडान पूर्ण रुपमा सस्पेन्ड गर्न बोर्डसमक्ष प्रस्ताव गरेको छ । जेटले अहिले सातवटा प्लेन सञ्चालन गरिरहेको र इन्धन कम्पनीलाई भने दैनिक भुक्तानी गरिरहेको छ ।
स्टेट बैंक अफ इन्डियाले आज बोलपत्र बोलकबोल गर्नेमध्येका योग्यहरुको चयन गर्नेछ । इच्छुकहरुमा इओएस बुझाउने कम्पनी इतिहाद, टीपीजी र इन्डिगो क्यापिटल छन् । राज्य सञ्चालित राष्ट्रिय पूर्वाधार तथा लगानी कोषले भने सीधै बोलपत्र बुझाउने अपेक्षा गरिएको छ ।