११०० देखि ११५० अंकबीचमा लामो समय रहेर बजारले नयाँ वर्षको तेस्रो दिन १२०० अंक नाघेको छ । मंगलबार ७४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । विभिन्न कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।
काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल आएको छ । मंगलबार सेयर बजार २३.३ अंक बढेर नेप्से परिसुचक १ हजार २१२ अंकमा पुगेको छ । सेयर बजारका सबै परिसुचकमा हरियाली देखिएको छ । सोमबार पनि बजार ४.७ अंक बढेर सकरात्मक संकेत देखाएको थियो ।
११०० देखि ११५० अंकबीचमा लामो समय रहेर बजारले नयाँ वर्षको तेस्रो दिन १२०० अंक नाघेको छ । मंगलबार ७४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । विभिन्न कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । बैंङ्किङ, होटल, वित्त, बिमा, जलविद्युत र उत्पादनलगायत सबै परिसुचकमा हरियाली छाएको छ ।
बजार बढ्दा एनएमबी बैंङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनएमबीको प्रतिकित्ता ३७५ रुपैयाँमा ६ करोड ७० लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै एनआईसी एसिया बैंङ्कको प्रतिकित्ता ४९५ रुपैयाँमा ४ करोड ९८ लाख २१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार बढ्दा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।