बुद्ध एयरको स्पष्टीकरण : ‘सञ्चारमन्त्रीलाई छोडेको हैन, ढिला हुने भएपछि उडाएका हौं’

मौसममा खराबी आइरहेका कारण निश्चित समयमा उडान गर्नुपर्ने र सञ्चारमन्त्री बाँस्कोटालाई पर्खिंदा त्यहीँ बस्नुपर्ने अवस्था आउने र ६८ जना यात्रुहरु अलपत्र पर्ने भएकाले उडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं । बुद्ध एयरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई छोडेको समाचारप्रति आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै बुद्धले सञ्चारमन्त्री बाँस्कोटा उडान समयभन्दा ३० देखि ३५ मिनेट ढिला गरी भैरहवा विमानस्थलमा आउने जानकारी पाएपछि जहाज उडाइएको जनाएको छ ।

मौसममा खराबी आइरहेका कारण निश्चित समयमा उडान गर्नुपर्ने र सञ्चारमन्त्री बाँस्कोटालाई पर्खिंदा त्यहीँ बस्नुपर्ने अवस्था आउने र ६८ जना यात्रुहरु अलपत्र पर्ने भएकाले उडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीका कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको बुद्ध एयरले जनाएको छ ।

काठमाडौंबाट उड्नेबित्तिकै भैरहवा विमानस्थलका कर्मचारीले त्यहा“को सुरक्षा निकायस“ग समन्वय गर्दा मन्त्री बाँस्कोटा र उनको टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

तर, जहाज उड्ने बेला एक्कासी सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर मन्त्री तत्कालै काठमाडौं फर्कने र करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्ने जानकारी दिएका थिए ।