ठूला ३ र साना ८ ओटा जहाज अट्ने क्षमताको सो विमानस्थलमा १४ ओटा भवन निर्माण हुनेछन् । तीमध्ये ५ ओटा भवनको आरसीसी स्ट्रक्चरको काम सकिएको छ ।
काठमाडौं । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको काम सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इन्जिनियर मीनराज ओझाले रनवेको काम सकिएको जानकारी दिए ।
२ हजार ५ सय मिटरको सो रनवेको चौडाइ ६० मिटर छ । गत माघबाट सुरु गरिएको रनवेमा अब रङरोगन गर्न मात्र बाँकी छ ।
सन् २०२१ को जुलाईसम्ममा सम्पन्न गर्ने अवधि रहे पनि ६ महिना अघि २०२० को डिसेम्बरभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम तीव्र गतिमा बढिरहेको इन्जिनियर ओझाको भनाइ छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत रहेको जनाइएको छ । चीन सरकारको ऋण सहायतामा निर्माण भइरहेको सो आयोजनाको लागत करिब २२ अर्ब रुपैयाँ छ ।
ठूला ३ र साना ८ ओटा जहाज अट्ने क्षमताको सो विमानस्थलमा १४ ओटा भवन निर्माण हुनेछन् । तीमध्ये ५ ओटा भवनको आरसीसी स्ट्रक्चरको काम सकिएको छ । अन्यको फाउन्डेसन पनि तयार भइरहेको ओझाको भनाइ छ ।