बुधबार ८२ करोड १६ लाख रुपैयाँमा २८ लाख १ हजार ६१३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैङ्कको भएको छ । एनएमबीको प्रतिकित्ता ३८९ रुपैयाँमा ७ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
काठमाडौं । लगातार ३ दिन सेयर बजार उकालो लागेको छ । सोमबारदेखि उकालो लागेको बजारले बुधबार पनि निरन्तरता पायो । बुधबार सेयर बजार ५ अंकले बढ्दा नेप्से परिसूचक १ हजार २१७ अंकमा पुगेको छ ।
बुधबार ८२ करोड १६ लाख रुपैयाँमा २८ लाख १ हजार ६१३ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैङ्कको भएको छ । एनएमबीको प्रतिकित्ता ३८९ रुपैयाँमा ७ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै एनआईसी एसिया बैङ्कको ४८७ रुपैयाँमा ४ करोड ५४ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता २९९ रुपैयाँमा ४ करोड ३३ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार बैङ्क तथा वित्त, होटल र जीवन बिमा समूहको सेयर मूल्य बढेको छ भने जलविद्युत्, निर्जीवन बिमा र उत्पादनमूलक समूहको सेयर मूल्य बढेको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।