एनएमबी बैङ्कको  सेयर मूल्य बढ्दो, सबैभन्दा बढी कारोबार

बुधबार मात्रै एनएमबीको सेयर मूल्य १२ रुपैयाँ बढेर प्रतिकित्ता ३८९ रुपैयाँमा करोबार भएको छ । गत चैत १६ गते एनएमबीको सेयर मूल्य ३३१ रुपैयाँ थियो । १७ दिनमा ५८ रुपैयाँ बढेको नेप्सेले जनाएको छ ।

काठमाडौं । पछिल्लो समयमा एनएमबी बैङ्कको सेयर धेरै कारोबार हुने गरेको छ । एनएमबीको सेयर कारोबारका अतिरिक्त सेयर मूल्य पनि उकालो लागेको छ ।

बुधबार मात्रै एनएमबीको सेयर मूल्य १२ रुपैयाँ बढेर प्रतिकित्ता ३८९ रुपैयाँमा करोबार भएको छ । गत चैत १६ गते एनएमबीको सेयर मूल्य ३३१ रुपैयाँ थियो । १७ दिनमा ५८ रुपैयाँ बढेको नेप्सेले जनाएको छ ।

यस्तै एनआईसी एसिया बैङ्कको ४८७ रुपैयाँमा ४ करोड ५४ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता २९९ रुपैयाँमा ४ करोड ३३ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।