शाश्वतधाम घुम्नेको संख्या २५ लाख पुग्यो

नवलपरासीको शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधवार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए ।

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ ।

उनको परिवारजन सहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम ब्यबस्थापनले फुलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो । यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफुहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरवाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताईन् । उनले यो हिन्दू मन्दिर भएपनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताईन् ।

बुधवार २५औँ लाख आगन्तुकका रुपमा शाश्वत धाम प्रबेश गरेका अन्सारी सहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाई, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो । शाश्वत धाममा २५ लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो ।

यहाँको वातावरण, सरसफाइ , बगैचाले आफुलाई लोभ्याएको टिकाराम बस्यालले बताए ।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातीको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ । एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन् । यस्को भब्य कलात्मक शैलीले सबैलाई लोभ्याउदै आएको छ ।

नया बर्षका अबसरमा यहा“ पुजाआजा गर्नेको भिड लागेको थियो । हिन्दू धर्मका मुख्य मुख्य देवी देउताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको छ ।

भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पा“च दर्जन बढि कालिगढलाई १४ वर्ष समय लागेको थियो । महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह क्ष्ँेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् । कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ ।

मन्दिर परिसरमा बैदिक कर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । यहा“ ७२ बिद्यँर्थीले निशुल्क संस्कृत अध्ययन गर्दै आएका छन् ।

यहा“ आकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ । जहा“ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ ।