एनएसीको जहाजमा चरा ठोक्कीयो, बिहीबारै हङकङ उड्यो

काठमाडौं । नेपाल एयरलाइन्स (एनएसी)को न्यारोबडी जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्वालालमपुरबाट नेपाल आउन लागेको न्यारोबडी जहाजको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको हो । चरा ठोक्किए लगत्तै प्राविधिक चेकजाच गरी बिहीबार विहानै काठमाडौं आएर हङकङमा उडान गरिसकेको एनएसीका सह–प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनले चरा ठोक्किएको भएपनि क्षति नभएको कारण हङकङमा उडान गरिसकेको बताए ।