छिमेक लघुवित्तले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने

नेपाल राष्ट्र बैंङ्कले लाभांश वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जानकारी गराएको छ ।

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको २१२ औं सञ्चालक समिति बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंङ्कले लाभांश वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जानकारी गराएको छ । यसअघि गत पुसमा संस्थाले गरेको लाभांशको प्रस्तावलाई कैफियत देखिएको भन्दै केन्द्रीय बैंङ्कले अस्वीकृत गरेको थियो ।

केन्द्रीय बैंङ्कले गरेको विशेष निरीक्षणबाट औल्याईका कैफियतमा सुधार गरेर पुनः पेश गरेपछि स्वीकृति पाएको संस्थाले जनाएको छ ।