नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले छानबिन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगमको सञ्चालक समितिका पूर्वपदाधिकारी, निगमका कर्मचारीलगायतसँग बयान लिएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलएको छ ।
अख्तियारले आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको छ ।
बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । तोकिएको समय सीमाभित्र बयानका लागि नआए कानुनी रुपमै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ ।
नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले छानबिन गरिरहेको छ । यस क्रममा उसले खरिद प्रक्रियमा संलग्न निगमको सञ्चालक समितिका पूर्वपदाधिकारी, निगमका कर्मचारीलगायतसँग बयान लिएको छ ।
अख्तियारले विमान खरिदमा विभिन्न किसिमबाट संलग्न कम्पनीसँग पनि बयान लिन सुरु गरेको छ ।